• ट्रेण्डिङ्ग :
८०औँ जन्मोत्सव मानव सेवामा समर्पित: डिल्लीराज शर्माद्वारा मानव सेवा आश्रममा भोजन सेवा

८०औँ जन्मोत्सव मानव सेवामा समर्पित: डिल्लीराज शर्माद्वारा मानव सेवा आश्रममा भोजन सेवा


  • 1.8K
    SHARES
    • श्रावण २, २०८३ शनिबार
    • २ महिना अघि
    • 2.8K Views

    ८०औँ जन्मोत्सव मानव सेवामा समर्पित: डिल्लीराज शर्माद्वारा मानव सेवा आश्रममा भोजन सेवा

    तुलसीपुर । जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी समाजसेवा र मानवताप्रतिको उत्तरदायित्वसँग जोड्ने प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै तुलसीपुर उपमहानगरपालिका–५, जेसी चोक निवासी ८० वर्षीय डेलिराज शर्माले आफ्नो ८०औँ जन्मोत्सव मानव सेवा आश्रम, तुलसीपुरस् मनाउनुभएको छ।

    images

    श्रीमती, छोरा, बुहारी, नाति–नातिनीलगायत परिवारका सदस्यहरूको उपस्थितिमा उहाँले आश्रममा आश्रित सहयोगापेक्षी मानवहरूलाई भोजन प्रसादी अर्पण गर्दै जन्मदिनको खुसी बाँड्नुभएको हो। सडकपेटी तथा सार्वजनिक स्थलबाट उद्धार गरी आश्रय दिइएका मानवहरूसँग सँगै बसेर भोजन गराउँदै उहाँले मानव सेवा नै जीवनको सबैभन्दा ठूलो धर्म भएको सन्देश दिनुभएको थियो।

    कार्यक्रमका अवसरमा मानव सेवा आश्रमले उहाँको मानवीय सेवाप्रतिको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो।

    सो अवसरमा बोल्दै शर्मा भन्नुभयो, “सेवा नै धर्म हो। हुनेले दिने बानी बसाल्नुपर्छ। सबैले बाँच्न पाउनुपर्छ। कसैको घरमा चुलो निभ्न नपरोस्, सबैको घरमा चुलो बलोस्। प्रत्येक परिवारको आफ्नै घर होस् र सबैले सम्मानपूर्वक जीवन बाँच्न पाऊन् भन्ने मेरो चाहना हो।”

    उहाँले आफ्नो जन्मदिनलाई भव्य भोज वा तडकभडकभन्दा पनि दुःखमा रहेका मानिसहरूसँग खुसी बाँड्ने अवसरका रूपमा रोजेको बताउँदै समाजका सक्षम व्यक्तिहरूले आफ्नो विशेष दिन मानव सेवामा समर्पित गर्न सके सकारात्मक परिवर्तन सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

    मानव सेवा आश्रम, तुलसीपुरले शर्मा परिवारप्रति आभार व्यक्त गर्दै यस्तो सहयोग सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धार, संरक्षण, भोजन, उपचार र पुनःस्थापनाका कार्यमा उपयोग गरिने जनाएको छ।

    आश्रमका अनुसार जन्मदिन, वैवाहिक वर्षगाँठ, पुण्यतिथिजस्ता विशेष अवसरलाई मानव सेवासँग जोड्ने संस्कृतिले समाजमा परोपकार, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउने विश्वास लिइएको छ।

    डेलिराज शर्मा परिवारको यो अनुकरणीय कार्यले “आफ्नो खुसी अरूसँग बाँड्दा नै जीवन सार्थक बन्छ” भन्ने सन्देश समाजमा प्रवाह गरेको सहभागीहरूले बताएका छन्। मानव सेवा आश्रमले पनि सबैलाई आफ्नो जीवनका विशेष दिनहरू मानव सेवामा समर्पित गरी सहयोगापेक्षी नागरिकहरूको जीवनमा आशाको उज्यालो छर्न आग्रह गरेको छ।IMG-20260718-WA0008.jpgIMG-20260718-WA0007.jpg

  • सम्बन्धित विषय:

  • # श्रीलंका

  • निरला अर्याल
    लेखकबाट थप