• ट्रेण्डिङ्ग :
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु


  • 1.8K
    SHARES
    • श्रावण ४, २०८३ सोमबार
    • ३ महिना अघि
    • 2.8K Views

    दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

    घोराही, साउन ४ गते । दाङमा टेबल पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  देउखुरीको गढवा गाउँपालिका –६ थानदेउखुरीमा सोमवार टेबल पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । 

    images

    मृत्यु हुनेमा गढवा गाउँपालिका –६ थानदेउखुरी निवासी ५६ वर्षीय रामसेवक यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो । 

    प्रहरी नायव उपरीक्षक केसीका अनुसार सोमवार दिउँसो आफ्नै घरको सुत्ने कोठामा टेबल पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा