• ट्रेण्डिङ्ग :
तुलसीपुरमा निर्माणधिन पानी ट्यांकीमा दुईवटा शब फेला

तुलसीपुरमा निर्माणधिन पानी ट्यांकीमा दुईवटा शब फेला


  • 2.8K
    SHARES
    • श्रावण ६, २०८३ बुधबार
    • १ महिना अघि
    • 4.3K Views

    तुलसीपुरमा निर्माणधिन पानी ट्यांकीमा दुईवटा शब फेला

    तुलसीपुर, ६ साउन । दाङको तुलसीपुरमा निर्माणधिन घरको पानी ट्यांकीमा दुईवटा शब फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका- ६ रजौरामा निर्माणाधिन घरको पानी ट्यांकीमाशब फेला परेको हो ।

    images

    बुधबार बिहान शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् । स्थानीय उमेश डाँगीले पानी ट्यांकीमा शब देखिएपछि प्रहरीलाई खबर गरेकाे बताउनुभयो । उहाँका अनुसार दुई वटा शब देखिएको छ । यद्यपी पहिचान हुन बाँकी छ ।

    प्रहरी घटनास्थलमा पुगिसकेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले शब भेटिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको बताउनुभयो ।

    शब कसको हो ? घटना कसरी भएको हो ? विस्तृत विवरण खुल्न बाँकी रहेको छ ।


    तेस्रो आँखा