• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य सामान्य वृद्धि

सुनचाँदीको मूल्य सामान्य वृद्धि


  • 1.9K
    SHARES
    • श्रावण ७, २०८३ बिहीबार
    • १ महिना अघि
    • 2.9K Views

    सुनचाँदीको मूल्य सामान्य वृद्धि

    काठमाडौँ, साउन  ७  गते ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ५०५ निर्धारण भएको छ । 

    हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको थियो । 

    गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३७० मा कारोबार भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

     


    तेस्रो आँखा