• ट्रेण्डिङ्ग :
अमेरिकाको टेक्सासमा विपी स्मृति दिवस सम्पन्न

अमेरिकाको टेक्सासमा विपी स्मृति दिवस सम्पन्न


  • 3.4K
    SHARES
    • श्रावण ११, २०८३ सोमबार
    • १ महिना अघि
    • 5.3K Views

    अमेरिकाको टेक्सासमा विपी स्मृति दिवस सम्पन्न

    अस्टिन, टेक्सास
    नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला (विपी) लाई सम्झँदै अमेरिकाको टेक्सास राज्यको राजधानी शहर अस्टिनमा आइतबार ४४औं विपी स्मृति दिवस मनाइएको छ ।

    images

    कार्यक्रम जनसम्पर्क समिति अस्टिन च्याप्टरका उपाध्यक्ष टुकप्रसाद चापागाईंको अध्यक्षतामा भएको थियो।

    कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष सिपी पौडेल, गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष प्रदीप चौलागाईं, ग्रेटर अस्टिन नेपाली समाज अस्टिनका अध्यक्ष पदम ठकुराठी, स्थानीय बुद्धिजीवी दीपक हुमागाईं, शम्मु दवाडी र झरना अधिकारीले विपीको व्यक्तित्वबारे प्रकाश पारेका थिए। 

    डायस्पोरामा रहेका नेपाली समुदाय, नेता तथा कार्यकर्ताहरूले विपीको तस्बिरमा माल्यार्पण गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा उनले पुर्‍याएको अतुलनीय योगदानको स्मरण गरे। कार्यक्रमका वक्ताहरूले विपीको 'राष्ट्रिय एकता तथा मेलमिलापको नीति' र 'प्रजातान्त्रिक समाजवाद' को सिद्धान्त प्रवासमा रहेका नेपालीहरूका लागि पनि उत्तिकै प्रेरणादायी रहेको चर्चा गरे।
     
    विपी कोइरालाको राजनीतिक विचार र आदर्शलाई जीवित राख्न भन्दै स्थापना गरिएको दिवस नै पार्टीभित्रको तीतो शक्ति संघर्ष र विभाजनको मञ्च बन्न पुगेको भन्दै आम कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन्। तर, प्रवासी भूमि अस्टिनमा भने एकताको सन्देश दिँदै श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
     
    जनसम्पर्क समिति अस्टिन च्याप्टरको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रम संस्थाका महासचिव तिलक भण्डारीले सञ्चालन गरेका थिए।
     
    जनसम्पर्क समिति अस्टिन च्याप्टरको आयोजनामा कार्यक्रमको फोटो फिचर 
     
    1.jpg
     
    2.jpg
     
    3.jpg
     
     
    4.jpg
     
     
    5.jpg
     
    6.jpg
     
    7.jpg
     
     
    8.jpg
     
    10.jpg
     
    11.jpg
     
     
     
    14.jpg
     
     
    15.jpg
     
    13.jpg

    15.jpg

  • सम्बन्धित विषय:

  • # नारायण भण्डारी

  • नारायण भण्डारी
    लेखकबाट थप