• ट्रेण्डिङ्ग :
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


  • 1.5K
    SHARES
    • श्रावण १३, २०८३ बुधबार
    • १ महिना अघि
    • 2.3K Views

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौँ, साउन  १३  ।  स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १० ले बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२० कायम भएको छ ।

    हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० कायम भएको थियो ।

    गत सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ४४५ मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ । 


    तेस्रो आँखा