• ट्रेण्डिङ्ग :
नेपा एसेन्सको " याक चीज डग च्यू" अब अमेजन र अमेरिकाभरका खुद्रा पसलहरूमा उपलब्ध

नेपा एसेन्सको " याक चीज डग च्यू" अब अमेजन र अमेरिकाभरका खुद्रा पसलहरूमा उपलब्ध


  • 625
    SHARES
    • श्रावण १४, २०८३ बिहीबार
    • १ महिना अघि
    • 961 Views

    नेपा एसेन्सको " याक चीज डग च्यू"  अब अमेजन र अमेरिकाभरका खुद्रा पसलहरूमा उपलब्ध
    qq.jpeg
    undefined

    अस्टिन टेक्सस, अमेरिकामा सञ्चालन हुँदै आएको नेपाली ब्रान्ड नेपा एसेन्स’ ले आफ्नो उत्पादनको बजार विस्तार गर्दै लोकप्रिय याक चीज डग च्यू अब अमेजनमार्फत बिक्री सुरु गरेको छ। साथै, उक्त उत्पादन अमेरिकाभरका विभिन्न खुद्रा पसलहरूमा पनि उपलब्ध भइसकेको कम्पनीका सञ्चालक सागर रोकायाले जानकारी दिए। समाज प्रेससँगको कुराकानीमा सागर रोकायाले नेपाली हिमाली याकको दूधबाट परम्परागत विधिअनुसार तयार गरिएको याक चीज डग च्यू प्राकृतिक, पौष्टिक तथा कुकुरका लागि सुरक्षित उत्पादन रहेको बताए। कृत्रिम रङ, स्वाद वा हानिकारक रसायनको प्रयोग नगरी तयार गरिने यस उत्पादनप्रति अमेरिकाका ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको उनको भनाइ छ। अमेजन मार्फत बिक्री सुरु भएपछि अमेरिकाभरका उपभोक्ताले उक्त उत्पादन सहज रूपमा अनलाइन अर्डर गर्न सक्ने भएका छन्। साथै, विभिन्न खुद्रा पसलहरूमा पनि उपलब्ध भएकाले उपभोक्ताको पहुँच थप फराकिलो बनेको छ। यसले नेपाली उत्पादनको बजार विस्तारसँगै अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरे। नेपाली पहिचान बोकेका गुणस्तरीय उत्पादनलाई विश्व बजारमा परिचित गराउने लक्ष्यका साथ *नेपा एसेन्सले उत्पादन विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ। कम्पनीका सञ्चालकहरू सागर रोकाया, शंकर तिवारी र प्रेम रोकायाको नेतृत्वमा सञ्चालन भइरहेको नेपा एसेन्सले आगामी दिनमा थप नयाँ उत्पादनहरू बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ। अमेजन तथा अमेरिकाभरका विभिन्न खुद्रा पसलहरूमा उत्पादन उपलब्ध भएसँगै नेपा एसेन्सको याक चीज डग च्यू ले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम थपेको विश्वास व्यक्त गर्दै सागर रोकायाले अमेरिकाभर रहेका नेपाली समुदायको साथ, सहयोग र विश्वासले नेपाली ब्रान्डलाई विश्व बजारमा अझ सशक्त रूपमा स्थापित गर्न थप ऊर्जा मिल्ने अपेक्षा व्यक्त गरे। इच्छुक उपभोक्ताको सुविधाका लागि अमेजन स्टोरको लिङ्क पनि यहाँ समावेश गरिएको छ, जहाँबाट उक्त उत्पादन सहज रूपमा खरिद गर्न सकिनेछ। 

    images


    सामना देवकोटा
    लेखकबाट थप