• ट्रेण्डिङ्ग :
आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो


  • 1.4K
    SHARES
    • श्रावण २६, २०८३ मंगलबार
    • १ महिना अघि
    • 2.1K Views

    आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

    काठमाडौँ, साउन २६  गते ।  स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य  तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी  रु एक सय १० ले बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार नौ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार सात सय ८० कायम भएको छ । 

    हिजो सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार पाँच सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार छ सय ७० कायम थियो । रासस

     


    तेस्रो आँखा