• ट्रेण्डिङ्ग :
रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईको मृत्यु, दुई घाइते

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईको मृत्यु, दुई घाइते


  • 1.8K
    SHARES
    • श्रावण २८, २०८३ बिहीबार
    • १ महिना अघि
    • 2.7K Views

    रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईको मृत्यु, दुई घाइते

    रोल्पा, साउन २८ गते । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय   कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर  हुनुहुन्छ ।  

    कार्यालयले दिएको जानकारी अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित  गोठ पुरिएरका थिए ।  गए राति घटनास्थलमा प्रहरी टोली पुगेको थिए ।  प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको  प्रारम्भिक अनुमान अनुसार पहिराबाट छ  घर रगोठ क्षति पुगेको छ ।  रासस 

     


    तेस्रो आँखा