• ट्रेण्डिङ्ग :
रोल्पा बोटलबारा पहिराे : दस जना बेपत्ता, खोजी जारी

रोल्पा बोटलबारा पहिराे : दस जना बेपत्ता, खोजी जारी


  • 1.3K
    SHARES
    • श्रावण २८, २०८३ बिहीबार
    • १ महिना अघि
    • 2.0K Views

    रोल्पा बोटलबारा पहिराे : दस जना बेपत्ता, खोजी जारी

    रोल्पा, साउन २८ । यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ ।

    images

    थबाङ –५ बोटलबारामा बुधबार रातिको पहिराले घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दूरीमा पर्दछ ।

    पहिरामा परेका छ घरमा १० जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए । बिहीबार बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।  

    उहाँले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताउनुभयो । रासस 


    तेस्रो आँखा