• ट्रेण्डिङ्ग :
रोल्पा पहिरो अपडेप: १० मध्ये एक जनाको शव फेला

रोल्पा पहिरो अपडेप: १० मध्ये एक जनाको शव फेला


  • 1.4K
    SHARES
    • श्रावण २८, २०८३ बिहीबार
    • १ महिना अघि
    • 2.2K Views

    रोल्पा पहिरो अपडेप: १० मध्ये एक जनाको शव फेला

    रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक जनाको शव फेला परेको छ ।

    images

    घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

    उक्त पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर, ६७ वर्षीया हस्तकला रोका मगर रहेको प्रहरीले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थल पुगी बेपत्ताहरूको खोजीकार्यमा संलग्न रहेको जानकारी दिइएको छ ।

     


    तेस्रो आँखा