• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 1.5K
    SHARES
    • श्रावण २९, २०८३ शुक्रबार
    • १ महिना अघि
    • 2.4K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ,  साउन २९ ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार ६०० कायम भएको छ । हिजो एक तोला सुन रु तीन लाख छ हजार २०० मा कारोबार भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य रु चार हजार ६६० कायम भएको छ । हिजो एक तोला चाँदी रु चार हजार सात सय ५० मा कारोबार भएको थियो । 

    अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा