तुलसीपुर, ३ भदौ । रोल्पा थबाङ गाउँपालिका ५ स्थित उवा कोटलावारामा बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगलाई रोल्पाली सेवा समाज, रोल्पाले राहत सामग्री सहित नगद हस्तान्तरण गरिएको छ।
थबाङ गाउँपालिका–५ का वडा सदस्य मैते घर्ती मगर तथा समाजसेवी सुरेन्द्र पुन उपस्थितिमा १ लाख ६४ हजार ५ सय खाद्यान्न तथा जिन्सी सामग्री सहित ३५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हो।
यस मानवीय अभियानमा सहयोग गर्ने रोल्पाली सेवा समाजका केन्द्रीय तथा शाखा परिवार, सम्पूर्ण संस्था परिवार तथा देश विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरुप्रति रोल्पाली सेवा समाज रोल्पाले आभार व्यक्त गरेको छ।
राहत तथा सहयोग हस्तान्तरणमा रोल्पाली सेवा समाज, रोल्पाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल बाठा मगर, केन्द्रीय महासचिव निशान वली, निबर्तमान महासचिव शेर ब. डागी, प्रवक्ता सुर्य घर्ती मगर, कोषाध्यक्ष जीवन घर्ती मगर लगायतका टिम सहभागी भएको थियो।
राहत हस्तान्तरण पछि बोल्दै बरिस्ठ उपाध्यक्ष कमल बाठाले यस दुःखद अवस्थामा ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ।
