• ट्रेण्डिङ्ग :
दुर्घटनामा घाइते रास्वपा कपुरकोट सभापति वलीको मृत्यु

दुर्घटनामा घाइते रास्वपा कपुरकोट सभापति वलीको मृत्यु


  • 1.4K
    SHARES
    • भाद्र ३, २०८३ बुधबार
    • ४ हप्ता अघि
    • 2.1K Views

    दुर्घटनामा घाइते रास्वपा कपुरकोट सभापति वलीको मृत्यु

    सल्यान, भदौ ३ । सवारी दुर्घटनामा गम्भीर घाइते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोटका सभापति बेद बहादुर वलीको उपचारको क्रममा मृत्यु भएको छ । उहाँलाई उपचारका लागि घोराहीस्थित सञ्जीवनी टिचिङ हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा बुधबार बिहान बेदबहादुरको मृत्यु भएको रास्वपा कपुरकोटका सचिव चुडामणी पिएमले जानकारी दिनुभयो ।

    images

    जिल्ला प्रहरी कार्यालय सल्यानले पनि घाइते बेद बहादुरको बिहान ७ः५५ बजेतिर मृत्यु भएको जनाएको छ । उहाँको शवलाइ पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    कपुरकोट गाउँपालिका–३ मूलपानीमा फोर्स गाडी र मोटरसाइकल ठोक्किँदा कपुरकोट, ६ निबासी सभापति वलीसहित सोही ठाउँ निवासी मोटरसाइकलमा सवार ५२ वर्षीय शुकलाल वली घाइते हुनुभएको थियो । मङ्गलबार बिहान करिब ११ बजे मूलपानीमा लु.प्र. ०१–००१ ख १११२ नम्बरको फोर्स गाडी र बेदबहादुरले चलाएको बा ६८ प २५२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएका थिए । अर्का घाइते शुकलालको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले फोर्स गाडी र चालक दाङ तुल्सीपुर, ११ बस्ने वर्ष २७ का सुरज मिजारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहाममा राखिएको जनाएको छ । 


    तेस्रो आँखा