• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • 1.3K
    SHARES
    • भाद्र ५, २०८३ शुक्रबार
    • ४ हप्ता अघि
    • 2.1K Views

    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ, भदौ ५ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन हजार तीन सय र चाँदीको मूल्य १३० रुपियाँले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार सात सय कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ९८५ रुपियाँ निर्धारण भएको छ ।

    हिजो छापावाल सुन प्रतितोला तीन लाख १३ हजार चारस सय र असली चाँदी प्रतितोला चार हजार ८५५ रुपियाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४०.१८ र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस 

     


    तेस्रो आँखा