काठमाडौँ, भदौ ९ । स्थानीय बजारमा आज सुनको मूल्य पाँच सय र चाँदीको मूल्य ६५ रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य चार हजार नौ सय रुपियाँ कायम भएको जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार सात सय र चाँदीको चार हजार नौ सय ६५ रुपियाँ कायम भएको थियो ।
