• ट्रेण्डिङ्ग :
रसुवा बाढी : २५० विद्यार्थी, १६ शिक्षक बेपत्ता

रसुवा बाढी : २५० विद्यार्थी, १६ शिक्षक बेपत्ता


  • 4.2K
    SHARES
    • भाद्र १६, २०८३ मंगलबार
    • २ महिना अघि
    • 6.5K Views

    रसुवा बाढी : २५० विद्यार्थी, १६ शिक्षक बेपत्ता

    काठमाडौं, भदौ १६ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका दुई सय ५० जना विद्यार्थी बेपत्ता भएका छन् । बाढीमा परेर १६ जना शिक्षक पनि बेपत्ता भएका छन् ।

    images

    शिक्षा तथा खेलकुद मन्त्रालयले मंगलबार दिएको पछिल्लो जानकारी अनुसार सबै जिल्लाका गरेर दुई सय ३३ विद्यार्थी बेपत्ता भएका छन् भने १७ जनालाई बाढीले बगाएको पुष्टि भएको हो ।  

    अझै पनि खोजी र उद्धारको कार्य जारी रहेकाले यो सङ्ख्या अझै बढ्नसक्ने बताइएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार रसुवाको निलकण्ठ माध्यमिक विद्यालयका सबैभन्दा धेरै विद्यार्थी र शिक्षकको क्षति भएको छ । 

    निल्कण्ठ स्कुलका दुई सय विद्यार्थी हराइरहेका छन् । सोही विद्यालयका चार जना शिक्षक पनि हराईरहेका छन् । रसुवाकै कोमीस्यामे वाङ्फेल माध्यमिक विद्यालयका १६ जना विद्यार्थीलाई बाढीले बगाएको छ । उक्त विद्यालयका एक जना शिक्षकलाई पनि बाढीले बगाएको शिक्षा मन्त्रालयले सुनिश्चित गरेको छ । 

    नुवाकोट जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयका पनि १२ जना विद्यार्थी हराईरहेका छन् । सोही विद्यालयका एक जना विद्यार्थी बाढीले बगाएको मन्त्रालयले जनाएको छ । 

    रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका ६ जना शिक्षक तथा रसुवाकै चिप्लेटी आधारभूत विद्यालयका चार जना विद्यार्थी हराईरहेका छन् । रसुवाकै नव विजय माध्यमिक विद्यालयका दुई जना शिक्षक बाढीमा परेर हराईरहेका छन् । 

    रसुवाकै हाइल्याण्ड सेकेण्डरी स्कुलका छ जना र गोसाईकुण्ड अंग्रेजी बोर्डिङ स्कुलका नौ जना विद्यार्थी बाढीमा परेर वेपत्ता भएका छन् । 

    धादिङको देउराली माध्यमिक विद्यालय, पाल्पा सामरी भन्ज्याङ माध्यमिक विद्यालय र पशुपति माध्यमिक विद्यालयका एक एक जना शिक्षक बेपत्ता भएका छन् । धादिङ्कै न्यू किबो बोर्डिङ स्कुलका एक जना विद्यार्थी हराईरहेको पनि मन्त्रालयले जनाएको छ । 

    बढी प्रभावित जिल्लाको वस्तुस्थिति अध्ययन गर्न मन्त्रालयले बुधबार तीन वटै जिल्लामा फरक–फरक टोली पठाउने भएको छ । मन्त्रालयका प्रवक्तासमेत रहनुभएका सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार उक्त टोलीले एक सातामा जिल्लाको समग्र शैक्षिक अवस्थाका बारेमा अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ । 

    सोही प्रतिवेदनको आधारमा विद्यालय, शिक्षक र विद्यार्थीको पुनस्र्थापना तथा पुनर्निर्माणको योजना बनाइने भट्टराईले बताउनुभयो । 


    तेस्रो आँखा