• ट्रेण्डिङ्ग :
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर


  • 2.0K
    SHARES
    • भाद्र १८, २०८३ बिहीबार
    • २ हप्ता अघि
    • 3.0K Views

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, भदौ १८  । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ६६ पैसा र बिक्रीदर १५२ रुपियाँ २६ पैसा निर्धारण गरिएको छ ।

    images

    युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ४९ पैसा र बिक्रीदर १७६ रुपियाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ५१ पैसा र बिक्रीदर २०५ रुपियाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपियाँ ०५ पैसा र बिक्रीदर १८६ रुपियाँ ७९ पैसा कायम गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ०४ पैसा र बिक्रीदर १०८ रुपियाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ८३ पैसा र बिक्रीदर १०९ रुपियाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ०३ पैसा र बिक्रीदर ११९ रुपियाँ ५० पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५६ पैसा र बिक्रीदर २२ रुपियाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ३९ पैसा र बिक्रीदर ४० रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ६० पैसा र बिक्रीदर ४१ रुपियाँ ७७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ २९ पैसा र बिक्रीदर ४१ रुपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ १० पैसा र बिक्रीदर ११ रुपियाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६९ पैसा र बिक्रीदर १५ रुपियाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४८ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३४ पैसा र बिक्रीदर १९ रुपियाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ७७ पैसा र बिक्रीदर ४९५ रुपियाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ २७ पैसा बिक्रीदर ४०३ रुपियाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपियाँ ९२ पैसा र बिक्रीदर ३९५ रुपियाँ ४८ पैसा रहेको छ ।

    भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस


    तेस्रो आँखा