• ट्रेण्डिङ्ग :
त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार


  • 1.9K
    SHARES
    • भाद्र १९, २०८३ शुक्रबार
    • २ महिना अघि
    • 2.9K Views

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

    काठमाडौँ, भदौ १९ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ ।

    images

    सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको हो । 

    यसैगरी, त्रिशूली–३ ‘ए’ सुरुङ भर्खरै अर्को एक जना कबीर महर्जनलाई पनि उद्धार गरिएको खबर प्राप्त भएको सशस्त्र प्रहरीेले जनाएको छ । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ ।कोइलाडी ८, सप्तरी स्थायी ठेगाना भएका ३० वर्षीय शाहले माथिल्लो त्रिशुली ३ ए मा र काठमाडौँको बालकुमारी- ३ घर भएका ४५ वर्षीय महर्जन जलविद्युत स्वचालन परियोजनामा काम गरिरहनुभएको थियो ।सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

    उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ । उद्धार गरिएका साह र महर्जनलाई आवश्यक उपचार तथा सुरक्षित स्थानान्तरणका लागि तयारी गरिएको छ ।


    तेस्रो आँखा