• ट्रेण्डिङ्ग :
रसुवा बाढीपीडितका लागि सुन्नी कादरीया जामा मस्जिद समितिको १ लाख ५ हजार सहयोग

रसुवा बाढीपीडितका लागि सुन्नी कादरीया जामा मस्जिद समितिको १ लाख ५ हजार सहयोग


  • 1.8K
    SHARES
    • भाद्र २१, २०८३ आइतबार
    • १ हप्ता अघि
    • 2.8K Views

    रसुवा बाढीपीडितका लागि सुन्नी कादरीया जामा मस्जिद समितिको १ लाख ५ हजार सहयोग

    तुलसीपुर, । रसुवामा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सुन्नी कादरीया जामा मस्जिद समिति, तुलसीपुर दाङले प्रधानमन्त्री राहत कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ।
    बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति तथा विभिन्न क्षेत्रमा प्रभावित नागरिकले कठिनाइ भोगिरहेका बेला पीडित परिवारको राहतका लागि समितिले आर्थिक सहयोग गरेको हो। विपद्को समयमा पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै समितिले राहत कोषमा रकम उपलब्ध गराएको जनाएको छ।

    images

    समितिका अनुसार प्राकृतिक विपद्का कारण घर, सम्पत्ति तथा दैनिक जीवनमा असर परेका नागरिकलाई राज्य तथा विभिन्न संघसंस्थाबाट राहत र सहयोग आवश्यक रहेको छ। सोही आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो तर्फबाट सहयोगस्वरूप उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको हो।

    सुन्नी कादरीया जामा मस्जिद समितिले विपद्को समयमा धर्म, समुदाय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा हातेमालो गर्नुपर्नेमा जोड दिएको छ। 

    प्राकृतिक विपद्का बेला पीडितको साथमा उभिँदै सहयोग गर्ने उद्देश्यले गरिएको समितिको यो पहललाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरणका रूपमा लिइएको छ।


    तेस्रो आँखा