काठमाडौँ, भदौ २२ । पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो एक महिनाको पेन्सन रकम बाढी पीडितको उद्धार र राहतका लागि दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सोमबार राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सन वापतको रकम ७७ हजार रुपियाँ जम्मा गर्नुभएको हो ।
