• ट्रेण्डिङ्ग :
भोटेकोशी बाढी : १ हजार ३८६ शव फेला, ५ हजार १३० जना बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८६ शव फेला, ५ हजार १३० जना बेपत्ता


  • 1.5K
    SHARES
    • भाद्र २८, २०८३ आइतबार
    • ५ दिन अघि
    • 2.4K Views

    भोटेकोशी बाढी : १ हजार ३८६ शव फेला, ५ हजार १३० जना बेपत्ता

    काठमाडौं : भोटेकोशी बाढीले बगाएका १ हजार ३८६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट मृत्यु भएकामध्ये १ हजार ३८६ जनाको शव फेला परेको जनाएको छ।

    images

    फेला परेका शवमध्ये १०२ वटा सनाखत भइसकेको छ। मृतकमध्ये चितवनमा ३६४ जना,नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२,नुवाकोटमा १९९,रसुवामा १८५,गोरखामा ७७,धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। जसमध्ये ५१० जनाको आंशिक मानव अंग मात्र रहेको छ।

    प्राधिकरणका अनुसार ५ हजार १३० जना अझै सम्पर्कविहीन छन्। सम्पर्क बिहीन हुने ५८७ विदेशी नागरिक रहेका छन्। उनीहरुको खोजी कार्यमा नेपाली सेना र प्रहरीले जारी राखेको छ।  हालसम्म १३ हजार ७२८ को उद्धार गरिएको छ। हालसम्म १४८२ पटक हेलिकोप्टर उडान गरिएको छ। 

    शव पहिचानका लागि हालसम्म १२८६ मृतकको र १७७९ जना आफन्तको डिएनए नमुना संकलन भएको छ।

     
     


    तेस्रो आँखा