• ट्रेण्डिङ्ग :
‘असोज ७ आसपास हुने वर्षाको सम्भावित असर यकिन भएको छैन’

‘असोज ७ आसपास हुने वर्षाको सम्भावित असर यकिन भएको छैन’


  • 3.3K
    SHARES
    • आश्विन ४, २०८३ आइतबार
    • १ महिना अघि
    • 5.1K Views

    ‘असोज ७ आसपास हुने वर्षाको सम्भावित असर यकिन भएको छैन’

    काठमाडौँ, असोज ४ गते ।  नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

    images

    महाशाखाले आइतबार एक सूचना जारी गर्दै मौसम तथ्याङ्क, मौसम मोडेल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्क विश्लेषणको आधारमा बङ्गालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली अझै बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै जाने देखिन्छ ।

    हालसम्मको प्रक्षेपणले उक्त प्रणाली असोज ७ अर्थात् सेप्टेम्बर २३ गतेको आसपास न्यून चापीय क्षेत्रको रुपमा थप बलियो भइ दक्षिण ओडिशा–उत्तर आन्ध्र प्रदेशको तटिय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने देखिएको छ । ‘हालको आँकलन अनुसार यस प्रणालीको कारणले नेपालमा वर्षा गराउने भएता पनि वर्षाको जोखिमको स्तर र हुन सक्ने सम्भावित असरको बारेमा अहिले नै यकिन गर्न सकिने अवस्था छैन’, जारी सूचनामा भनिएको छ ।  विभागले उक्त प्रणालीको निरन्तर निगरानी गरिरहेको र आवश्यकताअनुसार थप सूचना अध्यावधिक गर्दै जाने समेत बताएको छ । 

     


    तेस्रो आँखा