• ट्रेण्डिङ्ग :
निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन दलहरुलाई आयाेगकाे आग्रह

निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन दलहरुलाई आयाेगकाे आग्रह


  • 8.8K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन दलहरुलाई आयाेगकाे आग्रह

    काठमाडौं,१ वैशाख। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । ३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि तीव्र गतिमा तयारी भइरहेको भन्दै आयोगले निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति नदिन आग्रह गरेको हो ।

    images

    बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,निर्वाचनका विषयमा अन्योलता सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनुहुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।’ उनका अनुसार निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये ३९ जिल्लाको ७० लाख ३३ हजार थान छपाई भइसक्यो ।

    दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको छ । निर्वाचन पर्यवेक्षण गर्न ६५ वटा संस्थाले निवेदन दिएका छन्, जसले २० हजार ४ सय ६७ पर्यवेक्षक प्रस्ताव गरेका छन् । निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप