• ट्रेण्डिङ्ग :
रूपन्देहीमा २९ वर्षीया अमृताको ‘शंकास्पद’ मृत्यु, हत्या भएकाे माइती पक्षकाे दावी

रूपन्देहीमा २९ वर्षीया अमृताको ‘शंकास्पद’ मृत्यु, हत्या भएकाे माइती पक्षकाे दावी


  • 15.1K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 23.3K Views

    रूपन्देहीमा २९ वर्षीया अमृताको ‘शंकास्पद’ मृत्यु, हत्या भएकाे माइती पक्षकाे दावी

    बुटवल, २ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा २९ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डन खत्रीको आफ्नै घरमा मृत्यु भएको हो ।

    images

    बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएका थिए । माइती घरबाट आफ्नाे घरमा पुगेकाे एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दावी छ ।

    अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइती पक्षको आरोप छ।

    अस्पताल पुर्‍याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको मृतककी आमा सावित्रा खत्रीले बताइन् ।

    ‘राति साढे ८ बजेसम्म छोरी माइतमै थिई, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी हो’ सावित्राले भनिन्, ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो।’

    छोरीलाई घरमा सासु, ससुरा, श्रीमानले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिँदै आएको सावित्राले बताइन् । अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।

    यहि घटनालाइ लिएर तिलोत्तमा असान्त बनेको छ । विष सेवन गरेको भए माइती, प्रहरी र छरछिमेकलाई जानकारी गराइन्थ्यो तर त्यसो नभई योजनावद्धरुपमा हत्या गरेर विष सेवनको बहाना बनाएर अस्पताल पुर्‍याइएको छिमेकी कमला पोखरेलले बताइन् ।

    मृतकका श्रीमान्,सासु ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए।

    घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र नाराबाजी गरेका छन्।


    कल्पना डुम्रे
    लेखकबाट थप