• ट्रेण्डिङ्ग :
नेकपा एमाले कर्णाली प्रदेशले स्थानीय स्तरबाट नै उम्मेदवार छान्ने काम थाल्याे

नेकपा एमाले कर्णाली प्रदेशले स्थानीय स्तरबाट नै उम्मेदवार छान्ने काम थाल्याे


  • 9.5K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    नेकपा एमाले कर्णाली प्रदेशले स्थानीय स्तरबाट नै उम्मेदवार छान्ने काम थाल्याे

    काठमाडौं, ४ बैशाख । कर्णालीमा नेकपा एमालेले स्थानीय तहबाट नै उम्मेदवारीका लागि प्रकृया थालेको छ। कर्णालीका ७९ वटा स्थानीय तहमध्ये केहीमा सर्वसम्मत उम्मेदवारहरु चनय भएका छन् भने केही स्थानीय तहमा निर्वाचनबाट उम्मेदवारहरु छान्ने प्रक्रिया थालिएको छ। 

    images

    नेकपा एमाले कर्णाली प्रदेशका अनुसार  एमालेबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका प्रमुख पदमा सूर्यबहादुर शाही, जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष पदमा बीरबहादुर गिरी, भेरी नगरपालिकाको प्रमुख मा चन्द्रप्रकाश घर्ती, कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्षमा टेकबहादुर बुढा, दैलेखको दुल्लू नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही, जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्षमा मानबहादुर रोकाया, हिमा गाउँपालिका अध्यक्षमा जयबहादुर खत्री, पातारासी गाउँपालिका अध्यक्षमा सुकराम रावत सर्वसम्मत सिफारिस भएका छन्।

    कतिपय स्थानमा सर्वसम्मत र कतिपय स्थानमा मतदानबाट टुंगो लगाइएको एमाले कर्णालीले जनाएको छ। स्थानीय कमिटीले टुंगो लगाउन नसकेका तहको माथिल्लो कमिटीको बैठकले टुंगो लगाउनेछ। उम्मेदवार सिफारिस गर्दा सकभर निर्विरोध र नभए एक पदका लागि तीन जनाको नाम माथिल्लो तहमा पठाउन स्थानीय कमिटीलाई निर्देशन दिइएको छ। हालसम्म प्रदेशका २७ वडाबाट उम्मेदवारका आकांक्षीहरू माथिल्ला कमिटीमा सिफारिस भएका र ७० वडामा वडाध्यक्ष पदका उम्मेदवार सर्वसम्मत चयन भइसकेको जनाइएको छ।

    कर्णालीमा ७९ स्थानीय तह छन् । तीमध्ये २५ नगरपालिका र ५४ गाउँपालिका छन् भने ७ सय १८ वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ठूलो दल एमाले विभाजनपछि दोस्रो स्थानमा झरेको छ। यहाँ माओवादी केन्द्र हाल पहिलो शक्ति बनेको छ। माओवादी केन्द्रका प्रमुख÷उपप्रमुख गरी ५२ जना छन् । एमालेका ४५, कांग्रेसका ४१ प्रमुख÷उपप्रमुख छन् । त्यस्तै, नेकपा (एकिकृत समाजवादी) का १७ जना प्रमुख÷उपप्रमुख छन् । स्वतन्त्रबाट निर्वाचित प्रमुख÷उपप्रमुखको संख्या पाँच रहेको छ । 


    तेस्रो आँखा