• ट्रेण्डिङ्ग :
कांग्रेस अधिवेशन : अछाम १ मा पुनः मतदान हुने

कांग्रेस अधिवेशन : अछाम १ मा पुनः मतदान हुने


  • 9.4K
    SHARES
    • मंसिर १२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    कांग्रेस अधिवेशन : अछाम १ मा पुनः मतदान हुने
     
    अछाम, १२ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत क्षेत्र नम्बर १ अछाममा पुनः मतदान हुने भएको छ । यही मंसिर ६ गते भएको निर्वाचनमा बढी मत खसेको भन्दै पुनः मतदान हुने भएको हो ।

    चार दिनदेखिको रस्साकस्सीपछि पुनः मतदान हुने सहमति भएको हो । मंसिर १३ गते सोमबार पुनः क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

    images

    अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका कूल ७ सय ६९ रहेकोमा ७ सय ४७ मत खसेको थियो । महाधिवेशन प्रतिनिधिको मतगणनाका क्रममा पहिलो मतपेटिका गणना भइसकेपछि दोस्रो मतपेटिका गणनाको क्रममा मतहरू रुजु गर्ने क्रममा ७ सय ७८ मत पुगेपछि विवाद उत्पन्न भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # अछाम
  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा