• ट्रेण्डिङ्ग :
सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ्याे

सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ्याे


  • 8.5K
    SHARES
    • बैशाख २६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ्याे

    काठमाडौं, २६ वैशाख । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । परिसूचक १२.२७ अर्थात ०.५४ प्रतिशतले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ ।

    images

    सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहृयो । बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको सेयर मूल्य भने बढेको छ । आज २२२ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

    आज एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो भने थप ६ कम्पनीको सेयर मूल्य ५ प्रपितशत भन्दाबढीले वृद्धि भयो । आज जलपा सामुदायिक लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको थियो । यस्तै माहुली लघुवित्तको शेयर मूलय ७.७७ प्रतिशतले बढ्यो । दोस्रो बजारमा हिमालयन ऊर्जा विकास कम्पनी र स्वरोजगार लघुवित्त लगायतका कम्पनी लगानीकर्ताले भने बजारबाट गुमाउन पुगे । आज यी कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेका थिए ।

  • सम्बन्धित विषय:

  • # अर्र

  • तेस्रो आँखा
    लेखकबाट थप