• ट्रेण्डिङ्ग :
नेपाली कांग्रेस प्रदेश सरकारको नेतृत्व हेरफेर गर्न नलाग्ने

नेपाली कांग्रेस प्रदेश सरकारको नेतृत्व हेरफेर गर्न नलाग्ने


  • 8.6K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    नेपाली कांग्रेस प्रदेश सरकारको नेतृत्व हेरफेर गर्न नलाग्ने

    काठमाडाैं,२१ जेठ । सत्ताकाे नेतचृत्व गरिरहेकाे दल नेपाली कांग्रेस प्रदेश सरकारको नेतृत्व हेरफेर गर्न नलाग्ने भएको छ । वर्तमान सरकार बनिसकेपछि मधेस र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा सरकारको नेतृत्व गर्ने दल परिवर्तन भएका थिए । हाल सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट २र२ प्रदेशको मुख्यमन्त्री बन्ने र जनता समाजवादीले मधेस प्रदेशको सरकार बनाउने सहमति बनेको थियो ।

    images

    त्यसअनुसार गण्डकी र कर्णाली प्रदेशमा कांग्रेसका नेता मुख्यमन्त्री छन् । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपश्चिम सरकारको नेतृत्व गरेको छ । एकीकृत समाजवादीले प्रदेश १ र बागमतीमा सरकार चलाएको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीका नेता मुख्यमन्त्री छन् ।यसअघि नेकपा एमालेको प्रदेश सरकार हटाई हालको सत्तारुढ गठबन्धनको सरकार निर्माणका बेला कतिपय प्रदेशमा दलहरुबीच आलोपालो मुख्यमन्त्री हुने सहमति पनि बनेको थियो । तर, केन्द्रस्तरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले २र२ र जसपाले एक प्रदेशको नेतृत्व लिने तय भइसकेकाले अब  प्रदेशस्तरमा भएको आलोपालो सम्बन्धी सहमति कार्यान्वयन नहुने भएको छ ।

    एउटा प्रदेशमा सरकारको नेतृत्व परिवर्तन गर्दा अन्य प्रदेशमा समेत असर गर्ने भएकाले यो विषय नउठाउने निश्कर्षमा पुगेको कांग्रेस नेताहरु बताउँछन् । यो विषय उठाउँदा गठबन्धनमा समेत किचलो उत्पन्न हुनसक्ने कांग्रेसको आशंका छ । गत साउन अन्तिम साता कांग्रेस र माओवादी केन्द्रले लुम्बिनीमा आधारआधा कार्यकाल नेतृत्व गर्ने सहमति गरे र सो अनुसार पहिलो कार्यकाल माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप