काठमाडाैं,२९ जेठ। नेपाली कांग्रेसका नेता तथा समाजसेवी धनबहादुर (डिबी) गिरीले सहयात्री सामुदायिक रेडियो ओखलढुंगालाई व्याट्री व्याकअप सहयोग गरेका छन् । चम्पादेवी गाउँपालिका वडा नम्बर ४ स्थित फेदीगुठमा स्थायी घर भई भक्तपुर बस्दै आएका समाजसेवी गिरीले रेडियो नियमित सञ्चालनमा सहयोग पुर्याउन आवश्यक व्याट्री व्याकअप सहयोग गरेका हुन् । २०७२ सालबाट सञ्चालनमा आएको सहयात्री सामुदायिक रेडियो ले जिल्लाको सुशासन, समृद्धि र विकासका पक्षमा निरन्तर आवज उठाउँदै आएको छ ।
नागरिकका समस्या, सेवा सुविधा र राज्यका निकायबाट प्रप्त हुने सेवा प्रवाहलाई सहज र सरल बनाउँन जिम्मेवार निकायलाई निरन्तर खवरदारी गर्दै आएको रेडियो सञ्चालनमा विद्युतिय समस्याका कारण अवरोध भएपछि रेडियो सञ्चालनको निरन्तरताका लागि याट्री व्याकअप सहयोग गरेको गिरीले बताए । उनले उक्त सामान रेडियोका अध्यक्ष टेकबहादुर खड्का, प्रबन्ध निर्देशक जीवन शर्मा र सञ्चालक समितिका सहसचिव इश्वरबहादुर चर्मकारलाई संयुक्त हस्तान्तरण गरे । दुर्गम नागरिकको सूचनाको सबैभन्दा सजिलो माध्याम रेडियो नै भएकाले आवाज बोल्न सामुदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका रहेको सहयात्री सामुदायिक रेडियोका प्रबन्ध निर्देशक जीवन शर्माले बताए । खास समुदायको आवाज बनेर नागरिकस्तरमा चेतना फैलाउने रेडियोलाई अझ जनमैत्री बनाउँन डिबी गिरीले गरेको सहयोग अतुलनीय रहेको शर्माले बताए ।
नागरिकको पक्षमा समाचार तथा कार्यक्रमहरु प्रशारण गर्दै आएको सामुदायिक रेडियो सञ्चालनमा पछिल्लो केही समययता सानातिना समस्याहरु आएको र ती समस्या समाधानका लागि गिरी जस्तै सहयोगि मनहरु आवश्यक रहेको सहयात्री सामुदायिक रेडियोका अध्यक्ष टेकबहादुर खड्काले बताए । उनले रेडियोलाई एक लाख बराबरको व्याट्री व्याकअप सहयोग गरेको खड्काले जानकारी दिए । चम्पादेवी गाउँपालिकाका युवा समाजसेवी एवं सहयात्री सामुदायिक रेडियो सञ्चालक समितिका सहसचिव इश्वरबहादुर चर्मकारको विशेष समन्वयमा गरीले उक्त सहयोग गरेका हुन् ।
गिरीले जिल्लाका विभिन्न क्लव, विद्यालय देखि अशक्त असाहय व्यक्तिहरुहरुलाई आवश्यक सहयोग गर्दै आएका छन् । ग्लोबल नेपाल प्रिन्टीङ प्रेस,फ्यूजन पोलिक्लीनिक,ह्वाइटहर्स इन्टरनेश्नल नेपाल लगायत कम्पनी सञ्चालन गरेर नागरिकलाई आवश्यक सेवाहरु दिदै आएका छन् । व्यवसायबाट भएको आम्दानीकाे १० प्रतिशत समाजसेवामा खर्च गर्नुपर्ने मान्यता राखेर भूगोलका नागरिकलाई सक्दो सहयोग गर्दै आएको गिरीले बताए ।
