• ट्रेण्डिङ्ग :
चुँदीखोलामा बाढी आउँदा बाङ्गेरहको पुलमा क्षति

चुँदीखोलामा बाढी आउँदा बाङ्गेरहको पुलमा क्षति


  • 10.8K
    SHARES
    • आषाढ १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    चुँदीखोलामा बाढी आउँदा बाङ्गेरहको पुलमा क्षति

    काठमाडाैं,१ असार ।  मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।

    images

    बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ ।

    गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्याएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो ।  


    तेस्रो आँखा
    लेखकबाट थप