एजेन्सी । घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट भाइरसका संक्रमित श्रीलंकामा पनि भेटिएका हुन् ।
नाइजेरियाबाट केही दिनअघि श्रीलंका आएका एकजना व्यक्तिमा सो भाइरस देखिएको श्रीलंकाको स्वास्थ्य मन्त्रालय जनाएको हो ।
उनलाई क्वारेन्टिनमा राखिएको छ । उनको उपचार भइरहेकाले हाल उनको अवस्था सामान्य रहेको बताइएको छ । यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एकजना व्यक्तिमा सो भेरियन्ट देखिएको थियो ।
हाल यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा देखिइसकेको छ ।
