• ट्रेण्डिङ्ग :
कालीकोटमा बाढीले पुर्याएकाे क्षतिकाे विवरण संकलन हुँदै

कालीकोटमा बाढीले पुर्याएकाे क्षतिकाे विवरण संकलन हुँदै


  • 6.7K
    SHARES
    • आषाढ ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    कालीकोटमा  बाढीले पुर्याएकाे क्षतिकाे विवरण संकलन हुँदै

    कालिकाेट,४ असार ।  कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ८ र ९ मा गत जेठ २५ र २६ गते परेको अविरल वर्षासँगै आएकाे बाढीले चल अचल सम्पति, अन्नबाली र पशु चौपयामा पु¥याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । खुलालु प्रहरी चौकीका वरिष्ठ हवल्दारलगायत सुरक्षाकर्मीको टोली र जनप्रतिनिधिले  स्थानीय पीडितको समन्वयमा प्रत्यक्ष अवलोकन गरी विवरण सङ्कलन गरेको वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।

    images

     “मानवीय क्षति केही नभए पनि भौतिकरुपमा र पशु चौपायाको ठूलो क्षति भएको छ”, उनले भने, “२५ र २६ गते परेको अविरल वर्षासँगै आएको बाढीले हालसम्म १५ वटा घर उच्च जोखिममा पु¥याउनाका साथै दुई पक्की पुल,  छ वटा बाख्रा र एक भैँसी बगाएको छ ।”

     प्रत्येक बस्तीमा खोला फर्किएर आइ बस्तीलाई जोखिममा पु¥याएको, गाउँको पुरै मकैबाली बालुवामा परिणत भएको र खेतको  धानको बीउ समेत पुरेको उनले बताए । क्षतिको सम्पूर्ण विवरण सङ्कलन गरी विपद् न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको वडा नं ८का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप