• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक ३७.२७ अंकले ङट्याे

नेप्से परिसूचक ३७.२७ अंकले ङट्याे


  • 6.6K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    नेप्से परिसूचक ३७.२७ अंकले ङट्याे

    काठमाडौं, ५ असार । साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेको छ । आइतबार १.८९ प्रतिशतले घटेको सेयर बजार १९३४.११ बिन्दुमा आएर रोकिएको छ ।

    images

    आइतबार २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १३ करोड ४० लाख ९१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आइतबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ६५६.३० रुपैयाँ कायम भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ४.०५ प्रतिशले बढ्यो ।

    सबैभन्दा बढी गुमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेको छ । रिभर फल्सको मूल्य ९.५६ प्रतिशतले घटेर २४९.९० पैसा कायम भएको छ । रिभर फल्सपछि बढी गुमाउनेमा बलेफी हाइड्रपावर र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # सेयर कारोबार

  • तेस्रो आँखा
    लेखकबाट थप