• ट्रेण्डिङ्ग :
पूर्वमन्त्री विक्रम पाण्डे सहित २१ जनाले विशेष अदातलबाट सफाइ पाए

पूर्वमन्त्री विक्रम पाण्डे सहित २१ जनाले विशेष अदातलबाट सफाइ पाए


  • 8.4K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    पूर्वमन्त्री विक्रम पाण्डे सहित २१ जनाले  विशेष अदातलबाट सफाइ पाए

    काठमाडाैं,५ असार ।  विशेष अदालतले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार नभएको ठहर गरेको छ । विशेषले सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जनालाई सफाइ  दिएको छ । अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सिक्टा सिंचाई आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको भन्ने अख्तियारको दावीलाई अस्वीकार गरेको हो ।

    images

    विशेष अदालतको फैसलासँगै पूर्व–आयोजना प्रमुखहरु सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलिप बहादुर कार्की र रमेश बस्नेत लगायतले पनि सफाइ पाएका छन् । सिक्टा सिंचाइ आयोजनाको पानीमा माटो घुलेर बगेका कारणले निर्माणकै दौरान बारम्बार नहर भत्किने समस्या थियो । डिजाइन सुधार गर्नुको साटो बदनियतपूर्वक पूरानै तौरतरिकाले काम गरी ठेकेदारलाई फाइदा पुग्ने काम गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप