• ट्रेण्डिङ्ग :
काँग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै

काँग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै


  • 10.1K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    काँग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै

    काठमाडौं,७ असार । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । आयोगको कार्यालय पुगेर उनीहरुले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन् । 

    images

    विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए । महामन्त्रीद्वय थापा र शर्माले सोमबार उक्त विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको  ध्यानाकर्षण गराएका थिए । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ ।

    तर आयोगले विदेशमा भएका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन सकेको छैन । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी नेपालीलाई मतदान गर्ने पाउने गरी प्रबन्ध मिलाउनु पर्ने भन्दै महामन्त्री थापा र शर्माले पहल थालेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप