• ट्रेण्डिङ्ग :
विषालु च्याउले स-परिवारकाे ज्यान लग्याे, टुहुराे भइन ३ वर्षिया करिश्मा

विषालु च्याउले स-परिवारकाे ज्यान लग्याे, टुहुराे भइन ३ वर्षिया करिश्मा


  • 9.4K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    विषालु च्याउले स-परिवारकाे ज्यान लग्याे,  टुहुराे भइन ३ वर्षिया करिश्मा

    काठमाडाैं,८ असार । ओखलढुंगाकाे चम्पादेवी गाउँपालिका ७ फुलबारीकी २४ वर्षिया ढककुमारी लामिछानेले जेठ २८ गते जंगल जाँदा गोबरमा उम्रेको च्याउ भेटिन् । खान हुने च्याउ जस्तो लागेपछि उनले टिपेर घर ल्याइन् र तरकारी बनाएर सपरिवारले खाए ।

    images

    उनकी सासु सीता विष्ट चाहीँ दुई साताअघि हात भाँचेर उपचारका लागि काठमाडौं गएकी थिइन् । परिवारमा रहेका हजुरआमा ९३ वर्षिया मनमाया विष्ट, श्रीमान २७ वर्षिय राजन विष्ट र ढककुमारीले च्याउको तरकारी खाएका थिए । तीन वर्षिया छोरी करिस्मा विष्टलाई उनीहरुले ख्वाएनन् ।

    च्याउको तरकारी खाईसकेपछि उनीहरुलाई विस्तारै पेट पोलेको महशुस भयो । सानी छोरीलाई च्याउ नख्वाएपनि आमाको दुध खाएकोले हुनसक्छ बिरामी भइन् । सामान्य समस्या होला भनेर घरेलु औषधी उपचार गरे । छिमेकीलाई समेत च्याउ खाएर बिरामी भएको बारे सुनाएनन् । ‘तीनदिन सम्म लुकाएछन् । हामी कसैलाई भनेनन् ।’ उनीहरुका नजिकका छिमेकी तथा वडाअध्यक्ष समेत रहेका सुरेश थापाले भने, ‘हामीले थाहा हुने बित्तिकै उनीहरुलाई ओखलढुंगा सामुदायिक अस्पताल मिसन पठायौँ ।’

    ३१ गते मंगलबार मिसन अस्पतालमा उपचारकै क्रममा ढककुमारीको मृत्यु भयो । उनकी हजुरआमा मनमाया विष्ट, श्रीमान राजन विष्ट र छोरी करिश्मा विष्टलाई थप उपचारको लागि सेनाको हेलिकप्टर व्यवस्था गरि शिक्षण अस्पताल काठमाडौं ल्याइयाे । सोही दिन हजुरआमा मनमाया विष्टको शिक्षण अस्पतालमै मृत्यु भयो । श्रीमान राजन विष्टको उपचारकै क्रममा २ गते मृत्यु भयो ।

    अहिले उनीहरुका तीन वर्षिया छोरी मात्र जिवित छिन्। नाबालिकालाई अस्पतालले डिस्चार्ज गरिसकेपछि ढककुमारीको माईतका आफन्तको जिम्मा लगाइएको छ । तर आर्थिक अवस्था नाजुक भएकाले उनीहरु विचल्लीमा परेका छन् । गाउँमै एकमात्र विष्ट परिवार उनीहरुको थियो ।

    धेरैवर्ष उनीहरु हालको सुनकोशी गाउँपालिकामा पर्ने कटुन्जेबाट फुलबारी बसाई गएका थिए । राजन विष्ट ५ वर्षको हुँदा उनका बुवाको मृत्यु भयो । त्यसपछि सीता विष्टले बनिबूतो गरेर उनलाई हुर्काएका थिए । अरुकै काम, ज्याला मजदुरी गर्दै आएका विष्ट परिवारलाई आर्थिक रुपमा सहयोग गर्ने कोही भएनन् । छिमेकीहरुले चन्दा संकलन गरेर उपचारका लागि मिसन अस्पताल र काठमाडौं पठाएको वडाअध्यक्ष थापाले बताए ।

     नाबालिकाकी हजुरआमा सीता विष्ट पनि हात भाँचिएको कारण अझै पूर्ण रुपमा काम निको भईसकेकी छैनन् । गाउँलेका अनुसार ढककुमारीले सँधै खाने भन्दा फरक खालको च्याउ ल्याएर खाएको हुनसक्छ । कस्तो च्याउ विषालु हुन्छ भन्ने विषयमा गाउँलेहरुलाई थाहा छैन । वर्षायाम लागेपछि च्याउ धेरै उम्रिने हुँदा यस्तो घटना घट्ने गरेको प्रहरीको भनाई छ । विषालु च्याउले परिवारका सबैलाइ लगेपछि अन्तमा ३ वर्षाकी नाबालिका करिश्मा एक्ली टुहुरि भएकी छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप