• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक ५० अंकले घट्यो

नेप्से परिसूचक ५० अंकले घट्यो


  • 5.9K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    नेप्से परिसूचक ५० अंकले घट्यो

    काठमाडौं, ९ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० अंकले घटेको छ । आज विहीबार कारोबार सुरू भएदेखि घट्न थालेको नेप्से परिसूचक समाचार तयार पर्दासम्ममा ५०.६० अंकले घटेको छ । यससँगै, परिसूचक १ हजार ८४२ अंकमा आइपुगेको छ । यस्तै, १ बजेर ३० मिनेट जाँदा सम्ममा नेप्सेमा ७३ करोड ६९ लाख ८२ हजार रुपैयाँ बराबरको २३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ ।

    images

    यति बेलासम्मको अवधिमा नेप्सेमा कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । जसमध्ये, जलविद्युत, विकास बैंक र वित्त समूह ४ प्रतिशतले घटेका छन् भने लगानी समूह, जीवन बीमा समूह र व्यापार समूहमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

    यद्यपि, यस अवधिसम्ममा नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यले भने सकरात्मक सर्किट हानेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ९६० रुपैयाँ पुगेको छ । यस्तै, आज कारोबारमा आएकामध्ये ६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप