• ट्रेण्डिङ्ग :
सिनपा बजेट :
साना किसानलाई हाटकर छुट दिने, सामाजिक विकासको क्षेत्रमा ५५ प्रतिशत बजेट 

साना किसानलाई हाटकर छुट दिने, सामाजिक विकासको क्षेत्रमा ५५ प्रतिशत बजेट 


  • 8.8K
    SHARES
    • आषाढ ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    साना किसानलाई हाटकर छुट दिने, सामाजिक विकासको क्षेत्रमा ५५ प्रतिशत बजेट 

    काठमाडाैं,११ असार । सिद्धिचरण नगरपालिकाले नगरपालिकाभित्र लाग्ने कृषिउपज हाट बजारमा साना किसानलाई हाटकर छुट दिने भएको छ  । मेयर तेजेन्द्र खनालले सिद्धिचरण नगरपालिकाको १० औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साना किसानलाई हाटकर छुट दिने घोषणा गरेका हुन् ।  

    images

    ओखलढुंगा सदरमुकाम, रुम्जाटार, निशंखेलगायतका ठाउँमा लाग्ने साप्ताहिक हाटमा हाटकर छुट भएपछि किसानले राहत पाउने भएका छन् । थोरै कृषि उपज बिक्रीका लागि पनि हाटकर अनिवार्य तिर्नुपर्ने व्यवस्था मेयर तेजेन्द्रले हटाएको भन्दै कृषकहरु खुसी भएका छन् । ‘दुई मुठा साग बिक्री गर्न पनि कर तिर्नुपर्ने अवस्था देखियो,’ मेयर खनालले भने, ‘किसानको मर्का बुझेर हाटकर हटाएका हौँ ।’ 

    यहाँका किसानले हाटकर प्रति व्यक्ति २० रुपैयाँसम्म तिर्दै आएका थिए । नगरपालिकाले किसान परिचयपत्रको व्यवस्था गरेर साना किसानलाई हाटकर छुट दिने व्यवस्था मिलाउने मेयर खनालले बताए  । यस्तै नगरपालिकाले सबै वडाहरुमा २ वर्षभित्र विद्युत विस्तार गर्ने, ३ वर्षभित्र सबै क्षेत्रमा खानेपानी पुर्याउने र सामाजिक सुरक्षा भत्तालाई बैंकसँगको सहकार्यमा गाउँमै वितरण गर्ने विषय पनि प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेको छ । सामाजिक सुरक्षा भत्ता लिन दिन मायामारेर सदरमुकाम आउनु पर्दा ज्येष्ठ नागरिकहरुलाई असहज भएको थियो ।

    त्यसमा पनि कतिपयको कागजात नमिलेर रित्तो हात फर्कनु पर्ने बाध्यता समेत खेप्दै आएका थिए । यीनै कुरालाई मध्यनजर गर्दै ज्येष्ठ नागरिकले सहज रुपमा राज्यबाट पाउँदै आएको सामाजिक सुरक्षा भत्ता गउँमै पाउने व्यवस्था मिलाउन लागेको खनालको भनाइ छ ।  

    मेयर तेजेन्द्रले नगरभित्रका सडकहरुलाई बाह्रै महिना संञ्चालन गर्ने, नगरमा सव बाहन सञ्चालन गर्ने, गुणस्तरीय शिक्षा तथा सबै नगरवासी नागरिकलाई स्वास्थ सेवा पुर्याउने, बाल बिकाश शिक्षिका र विद्यायल कार्यलय सहयोगीको तलब वृद्धि गर्ने, कृषि र पशुपालनको क्षेत्रमा नगरवासीलाई आत्मनिर्भर बनाउन प्रयास गर्ने, पर्यटन विकासको लागि नगर पार्क र स्रष्टापार्कको पुर्वाधारको बिकाशमा जोड दिने, सबै वडामा इन्टरनेट पहुँच पुर्याउनेलगायतका विषय पनि नीति तथा कार्यक्रममा समेटेका छन् । 

    सिद्धिचरण नगरपालिकाले कुल ८१ करोड ६ लाख २३ हजार ८ सय ६० रुपैयाको बजेट प्रस्ताव गरेको छ । जसअनुसार सबैभन्दा धेरै सामाजिक विकासको क्षेत्रमा ५५.९२ प्रतिशत अर्थात ४५ करोड ३३ लाख ७६ हजार १ सय २० रुपैया विनियोजन गरेको छ ।
    यस्तै सुशासन तथा संस्थागत विकास तर्फ १६.५४ प्रतिशत अर्थात १३ करोड ४० लाख ८१ हजार ८ सय ६० विनियाेजन गरिएकाे छ  ।

     त्यैस्तैआर्थिक विकासमा १०.९२ अर्थात ११ करोड २८ लाख, पुर्वाधार विकास तर्फ १३.१६ प्रतिशत अर्थात १० करोड ६६ लाख १८ हजार ८ सय ८० र वन, वातावारण तथा विपद् व्यवस्थापनमा ०.४६ प्रतिशत अर्थात ३७ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । बजेटका विषयमा दफाबार छलफल पछि पास गरिने सिद्धिचरण नगरपालिका ओखलढुंगाले जनाएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप