काठमाडौं, १२ असार । नागरिक उन्मुक्ति पार्टीले असार १७ गतेबाट मेचीमहाकाली अभियान सञ्चालन गर्ने भएको छ । आइतबार रिपोर्टस क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उन्मुक्ति पार्टीले मङ्सिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्दै सो अभियान सुरु गर्ने बताएको हो ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य तथा पुर्व थारुवान थरुहट अभियानका संयोजक लक्ष्मण थारुले रेशम चौधरीलाई झुठो मुदा लगाएको बताए । आफूहरू आन्दोलनकारी भएको तर अपराधी नभएको भन्दै उनले राज्यले थारुहरुसँग दोस्रो देशको नागरिकको व्यवहार गरेको गुनासो गरे ।
रेशम चौधरी सहित सात जनालाई गरिएको जन्मकैदको फैसला राजनीतिक प्रतिशोधको परिणाम भएको उनको भनाइ छ । मेचीमहाकाली अभियान बाट पार्टीलाई झन सशक्त बनाएर लग्ने नेताहरूले बताए ।
