• ट्रेण्डिङ्ग :
प्रदेश-१ काे विनियोजन विधेयक बहुमतले पारित

प्रदेश-१ काे विनियोजन विधेयक बहुमतले पारित


  • 6.1K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    प्रदेश-१ काे विनियोजन विधेयक बहुमतले पारित

    बिराटनगर,१२ असार । प्रदेश विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ को उपनियम (५) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव सदनमा पेश गरेका थिए।
     
    मन्त्री आङ्बोले एक वर्षभरिको राजस्वलाई व्यवस्थित गर्न यो विधेयकले मद्दत गर्ने बताए । विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफमा उनले राजस्व दर बढाउने र प्राकृतिक स्रोतलाई उच्च उपयोग गर्न विधेयक फलदायी बन्ने बताए। उनले  शहीद परिवारलाई राजिष्ट्रेशन शुल्कमा सहुलियत दिने कुरा विगतका वर्षदेखि चल्दै आएको जानकारी दिए ।

    images

    सर्वसाधारणले प्रयोग गर्ने सवारी साधनमा राजिष्ट्रेशनमा सहुलियत दिइने उनले बताए ।सवारी र घर जग्गाको करमा केही फेरबदल भएको जनाउँदै पर्यावरण पर्यटन र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको पर्यटकीयस्थलमा कर लगाइएको उनको भनाइछ  ।  


    तेस्रो आँखा
    लेखकबाट थप