• ट्रेण्डिङ्ग :
नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) काे प्रथम वार्षिकोत्सब सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) काे प्रथम वार्षिकोत्सब सम्पन्न


  • 7.6K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) काे प्रथम वार्षिकोत्सब सम्पन्न

    काठमाडौं, १२ असार । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)को  प्रथम वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । पार्टीले आफ्नो वार्षिक उत्सव कार्यक्रम विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुको उपस्थितिमा विविध कार्यक्रम गरेर सम्पन्न गरेको हो ।

    images

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)का केन्द्रीय अध्यक्ष राजु कार्कीले आफूहरुले एक वर्षको अवधिमा उल्लेख्य सफलता हासिल गरेको बताए । आफ्नो पार्टीको नाम र चिन्ह आम नागरिक सम्म छोटो समयमा पुराएको भन्दै उनले आगामी दिनमा विभिन्न विचार मिल्ने पार्टीहरुसँग सहकार्य गरेर समाजवादको यात्रालाई अगाडि बढाउने जिकिर गरे । 

    गएको स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा थोरै मतले आफ्नाे पार्टीका उम्मेदवारहरु पराजित भएको स्मरण गर्दै उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मिलेर अगाडि बढेर आफ्नो पार्टीको उपस्थिति संसदमा देखाउने बताए । 

    त्यस्तै पार्टीका सचिव सन्जित थापाले ०७२ सालको संविधान पुर्ण रुपमा कार्यान्वयन नभएको बताए । याे अवस्थामा आफ्नो पार्टीले देश र जनताको लागि महत्त्वपूर्ण आवाज उठाएको पनि उनले उल्लेख गरे । जनताको आवाज यो एक वर्षमा वृहत् रुपमा उठाएको उनको जिकिर छ । समाजवादी यात्राको लागि पार्टी थप सक्रिय भएर लाग्ने उनले जानकारी दिए ।