• ट्रेण्डिङ्ग :
घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु

घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु


  • 6.1K
    SHARES
    • आषाढ १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु

    स्याङ्जा ,असार १६ । स्याङ्जाको गल्याङ नगरपालिका १० दुबिन डाँडामा घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

    images

    स्थानीय ढाकाराम भट्टराईको घर सहितको गोठ भत्किँदा उनकी १३ वर्षकी छोरी रेखा भट्टराईको मृत्यु भएको हो । घटना लगत्तै स्थानीयले उनलाई गल्याङ नगर अस्पतालमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको हो । 

    बिहीवार  बिहान ५ वजे भएको घटनामा रेखासँगै रहेका उनका १६ वर्षका दाजु लक्ष्मण भट्टराई घाइते भएका छन् । घटनामा गोठमा रहेका एक भैसी र दुईवटा बाख्रा पनि मरेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप