• ट्रेण्डिङ्ग :
अखिल (क्रान्तिकारी)को राष्ट्रिय भेला: समाजवादी शिक्षा देखि महिला सशक्तीकरण समेतलाई जाेड

अखिल (क्रान्तिकारी)को राष्ट्रिय भेला: समाजवादी शिक्षा देखि महिला सशक्तीकरण समेतलाई जाेड


  • 6.1K
    SHARES
    • आषाढ १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    अखिल (क्रान्तिकारी)को  राष्ट्रिय भेला: समाजवादी शिक्षा देखि महिला सशक्तीकरण समेतलाई जाेड

    काठमाडाैं, १६ असार । नेकपा बहुमत पार्टी निकट अखिल (क्रान्तिकारी)ले विशेष राष्ट्रिय भेला यहि असार १२, १३ र १४ गते काठमाडौंमा सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी)ले आज पत्रकार सम्मेलन गरेर राष्ट्रिय भेलाबाट पारित निर्णयहरु सार्वजनिक गरेकाे हाे ।

    images

    साे राष्ट्रिय भेलाले मिलन राईको अध्यक्षमा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । भेलाको उद्घाटन नेकपा (बहुमत) पार्टीका संयोजक कञ्चको उपस्थितिमा भएको थियो । भेलाले वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भ,एमसीसी र एसपीपीस जस्ता सम्झौताको खारेजीको माग, शिक्षामा भएको व्यापारीकरणको नियन्त्रण लगायतका मागहरु राखेको छ। भेलाले समाजवादी व्यवस्था, समाजवादी शिक्षा देखि लिपुलेक, कालापानी, लिम्पियाधुरा, तथा महिला शसक्तिकरणको विषयहरु पनि उठान गरेको छ । 

    निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा  संगठनका अध्यक्ष मिलन राईले विद्यार्थी आन्दोलनको चरीत्रमा आच आउदै गरेको समयमा र विद्यार्थी संगठनहरु सत्तावादी भएको समयमा आफुहरुले रुपान्तरणको बाटो अपनाएको बताए । आफूहरु रचनात्मक प्रतिपक्षको भुमिकामा खरो उत्रिएको बताए  । समाजवादी विचारलाई अगाडि बढाउन विद्यार्थी आन्दोलनमा सहभागी हुन समेत उनले आग्रह गरे  । 

    290769770_772802900515299_7795347819039122817_n.jpg
     
    राष्ट्रियता संकटमा परेको भन्दै उनले आम नागरिक महँगीको मारमा परेको बताए । हाल विद्यार्थी आन्दोलनको महत्त्व बढेर गएको उनको भनाइ छ । विद्यार्थीहरुले नेताको घरमा पुगेर पदको माग र पैसाको लागि लम्पसार परेको भन्दै उनले आफ्नो संगठनले कहिल्यै त्यो बाटो नसमात्ने बताए । विद्यार्थीहरुको पक्षमा आफू र आफ्नो संगठन लडिरहने उनले प्रष्ट पारे । शिक्षाको नाममा लुट्नेहरुको विरुद्ध धावा बोल्ने पनि उनले प्रतिज्ञा गरे । 

    संगठनका उपाध्यक्ष विरेन्द्र शाहले आजको सारा शिक्षा पनि आम गरिब  निमुखा नागरिकले पढाउन नसक्ने अवस्थामा रहेको बताए । यो व्यवस्थालाई फालेर बैज्ञानिक समाजवाद ल्याउन आफुहरुले जस्तोसुकै संघर्ष गर्न तयार भएको उनको भनाइ छ । नेपालको वयवस्थालाई नयाँ उचाइमा नपुर्‍याइ  थकान नमार्ने पनि उनले उल्लेख गरे । 

    संगठनका सचिब नवराज भट्टले यश भेलालाई राष्ट्रिय भेला मात्र नभनेर बिद्रोहको भेला भनिएको बताए । बैज्ञानिक समाजवादी शिक्षा प्राप्त गर्ने बिद्रोहको भेला राष्ट्रिय भेला भएको उनको भनाइ छ । आगामी विद्यार्थी आन्दोलनले संसदीय व्यवस्थालाई हटाउदै समाजवादी व्यवस्था लागू गर्ने उनले बताए ।

    290236880_745306193563111_2028973891052159869_n.jpg290268829_798589611309893_8665343983945851041_n.jpg289546056_5462048893815156_6743091119563363624_n.jpg


    तेस्रो आँखा
    लेखकबाट थप