सरकारले प्रतिबन्ध घोषणा गरेपछि गुमनाम नेत्रबिक्रम चन्द बिप्लव दुई बर्ष पछि सार्वजनिक भए । २०७५ फागुन २८ मा उनको पार्टी नेकपालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रतिवन्ध लगाएको थियो । उहि ओली सरकारलेनै बिप्लवलाई २०७७ फागुनमा प्रतिवन्ध फुकाएर मुलधारको राजनीतिमा पुनरागमन गराईदियो ।
मुलत ः प्रतिवन्धका समयमा बिप्लवका कैयन कार्यकर्तामाथि लागेको राज्य बिरुद्धको कसुर फुकुवा गर्ने सहितको तीन बुँदे कागजमा तत्कालीन प्रधानमन्त्री ओली र बिप्लवले सही छाप गरे । पक्राउ परेका आफ्ना कार्यकर्ताको ‘रिहाई र मुद्धा फिर्ता’ लाई पहिलो बटमलाईन बनाएका बिप्लवलाई संगै हस्ताक्षर गरेका सरकारका प्रधानमन्त्री ओलीले घात गरिदिए,उक्त सहमती उपर तत्कालीन सरकारले कारवाही थालेन ।
सात महिना सम्म पनि सहमती कार्यान्वयन नभएपछि दुई बर्ष भुमिगत बसेका बिप्लव फेरी रिसाउन थालेका छन् । सहमती कार्यान्वयनका लाग् ि७ महिना कुरेको बिप्लव समुह पुनः सडकमा ओर्लिनु सरकार प्रतिको चरम असन्तुष्टिका रुपमा बुझ्न गाह्रो पर्दैन । केहि दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई २०७७ फागुनमा सरकारसंग भएको सहमती कार्यान्वयनका लागि बिलव नेतृत्वको नेकपाले ध्यानाकर्षण गरायो ।
दुई दिन अघि सहमती कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन बालुवाटार पुगेको नेकपा दुई दिन पछि सडकमा देखिएको छ । तत्कालीन सरकारसंग भएको सहमती ‘तीन बुँदे’ ले बिप्लवलाई पुनः सडकमा ओरालिदिएको छ ।
उसले उहि तीन बुँदे सहमती कार्यान्वयन हुनु पर्यो भन्दै बुधवार दाङको सडक तताउने प्रयास गर्यो । तुलसीपुरमा सरकार बिरुद्ध नेकपाले बिरोधी र्याली प्रदर्शन गरेर सहमती कार्यान्वयनका लागि सडक संघर्ष गर्नु पर्ने आफ्नो बाध्यकारी अवस्था सार्वजनिक गरिदिएको छ । र्याली पश्चात तुलसीपुरको बिपी चोकमा आयोजना गरिएको कोणसभामा नेकपाका नेता कार्यकर्ताहरुले सरकार प्रति असन्तुष्टि पोखे । उनिहरुले आफ्ना नेता तथा कार्यकर्ता माथि लगाईएको मुद्धा तत्काल फिर्ता लिई पक्राउ परेकाहरुको निसर्त रिहाईको माग समेत गरे ।
