काठमाडौं, १७ असार । नेकपा एमालेका नेता तथा पुर्व संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङले अब परिवर्तनका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन् ।
नेपाल ल क्याम्पस स्थापन दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेम्वाङले जनताको मतबाट संविधान संसोधन गरेर देशमा चाहेको परिवर्तन गर्न सकिने भएकोले अब देशामा परिवर्तनको लागी आन्दोलन गर्नु नपर्ने बताएका हुन् ।
पाँच वर्ष आठ महिना लगाएर दुईपटक संविधान सभाको निर्वाचन गरेर संविधान बनाएको स्मरण गर्दै नेम्वाङले यसको कार्यान्वयन गर्न अगाडि बढिरहेको बताए । यो संविधान नेपालको इतिहासमा पहिलो पटक जनता श्रोत भएर बनाएको हुनाले यो लामो समयसम्म चल्ने उनकाे भनाइ छ ।
लिपुलेक, कालापानीलाई समेटेर संविधान संसोधन गरेर बनाउदा संविधान सर्वस्विकर्य भएकाे पिन उनले बताए । उनलाई नेपाल ल क्याम्पसले पहिलो नेपाल ल क्याम्पस स्वर्णबाट सम्मान गरेको थियो ।
