• ट्रेण्डिङ्ग :
स्वतन्त्र उम्मेदवारहरुले गठबन्धन बनाउने तयारी सुरू गरे

स्वतन्त्र उम्मेदवारहरुले गठबन्धन बनाउने तयारी सुरू गरे


  • 5.4K
    SHARES
    • आषाढ १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    स्वतन्त्र उम्मेदवारहरुले गठबन्धन बनाउने तयारी सुरू गरे

     काठमाडौं, १८ असार। स्वतन्त्र उम्मेदवारहरूले एउटा छुट्टै गठबन्धन  बनाउने तयारीमा जुटेका छन् । स्वतन्त्र उम्मेदवारी  अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलाइन्स)  बनाउने प्रस्ताव गरेको हाे  । अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन् 

    images

    उनले एलाइन्समार्फत प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रलाई लक्षित गरी मिसन १६५ सञ्चालन गर्ने पनि प्रस्ताव गरेका छन् । अहिलेको हकमा सबैले स्वतन्त्र अभियान चलाउन पाउने गरी विषयगत समानता र एकरुपता कायम गर्न स्वतन्त्र उम्मेदवारहरुको एउटा एलाइन्स बनाउने बारेमा ठोस निर्णय गरौं र सर्वस्वीकार्य व्यक्तिको संयोजकत्वमा यस्तो एलाइन्स घोषणा गरौं, यो एलाइन्स मार्फत मिसन १६५ सचालन गरौं’ अवधारणापत्रमा भनिएको छ ।

    देशैभरी १६५ संघीय निर्वाचन क्षेत्र र ३३० पदेश निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारहरुलाई समन्वय गर्ने सहजीकरण गर्ने र उनीहरुको भूमिका हेरेर केन्द्रीय एलाइन्समार्फत सघाउने नीति लिनुपर्ने अवधारणापत्रमा उल्लेख गरिएको छ । स्वतन्त्र उम्मेदवार बन्नेजति सबैलाई आँखा चिम्लिएर सहयोग गर्न सकिदैन । तसर्थ भेलाले आगामी चुनावमा कस्ता स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने भन्ने ठोस मापदण्ड बनाउनुपर्छ’ अवधारणापत्रमा संयोजक साहुले भनेका छन् । स्वतन्त्र उम्मेदवारी समूहले उम्मेदवारको १३ वटा मापदण्ड पनि बनाएको छ ।

    समानुपातिकमा के गर्ने ?

    स्वतन्त्र उम्मेदवारी अभियानले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतितर्फ कसलाई मत माग्ने भन्ने विषय चुनौतीको रुपमा देखिएको बताएको छ । आइतबार सार्वजनिक अवधारणापत्रमा प्रत्यक्ष तर्फको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई मत माग्दा समानुपातिक निर्वाचन प्रणालीमा कसलाई मत माग्ने भन्ने विषय छिटो टुंग्याउनुपर्ने स्थिति आएको उल्लेख गरिएको छ ।

    ‘प्रत्यक्षमा स्वतन्त्रमा मतदान गर्नोस् भन्दै गर्दा समानुपातिक मतको सन्दर्भमा हामीले मतदातालाई के भन्ने रु यसको उचित समाधान आगामी निर्वाचन अघि नै खोज्नुपर्नेछ’ अवधारणापत्रमा भनिएको छ । त्यसका लागि दल खोल्ने वा कुनै अरु नै दललाई मत माग्ने भन्ने द्विविधा रहेको अवधारणापत्रमा जनाइएको छ । ‘प्रत्यक्षमा स्वतन्त्रलाई मतदान गरेर समानुपातिकमा कुनै दललाई भोट हाल्ने वा समानुपातिकका लागि नयाँ दल वा मोर्चा खोलेर निर्वाचन आयोगमा दर्ता गराउने ।

    यी दुई विरीत प्रश्नहरुको उचित समाधान आवश्यक छ’ अवधारणापत्रमा भनिएको छ । स्वतन्त्र उम्मेदवारी अभियानले कुनै पार्टीको सदस्य नरहेको, निर्वाचन आयोगले निर्वचनको मिति घोषणा गरेको दिन भन्दा अगावै पार्टी परित्याग गरेकोा व्यक्तिलाई स्वतन्त्र मान्न सकिने उल्लेख गरेको छ । तर राजनीतिक दलबाट असन्तुष्ट भई बागी उम्मेदवारी दिएको व्यक्ति स्वतन्त्रको परिभाषाभित्र नपर्ने प्रष्ट्याएको छ ।

    रवि लामिछानेहरु ढडिया थाप्न आए

    स्वतन्त्र उम्मेदवारी अभियानले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको पक्षमा लहर आएको देखेर आगामी चुनावमा समानुपातिक भोटको लागि दल खोल्ने क्रम बढेको बताएको छ । पूर्व डीआईजी रमेश खरेलले पार्टी खोलेको, पूर्व आईजी सर्वेन्द्र खनाल अर्कै पार्टी खोल्न खोजेको भन्दै उनीहरुले किन व्यक्तिपिच्छे पार्टी खोलिदैछ भन्ने प्रश्न उठाएका छन् ।

    ‘यही क्रममा भर्खरै हतार हतार रवि लामिछानेले पनि नयाँ पार्टी खोल्नुको आशय के हो रु स्थानीय चुनावमा स्वतन्त्रको पक्षमा लहर आएको देखेर समानुपातिक भोटको ढडिया थापेर त्यसैमा तर मार्ने उद्देश्यले स्वतन्त्रकै बदमान हुने गरी हतारमा पार्टी खोलिएको त होइन रु’ अवधारणापत्रमा प्रश्न गरिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप