• ट्रेण्डिङ्ग :
सभापतिले कामै गर्न नसकेकाे भनेर शेखर पक्षले निकालेकाे निष्कर्ष ठिक हाेइन - नेता लेखक

सभापतिले कामै गर्न नसकेकाे भनेर शेखर पक्षले निकालेकाे निष्कर्ष ठिक हाेइन - नेता लेखक


  • 5.0K
    SHARES
    • आषाढ १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    सभापतिले कामै  गर्न नसकेकाे भनेर शेखर  पक्षले निकालेकाे निष्कर्ष ठिक हाेइन - नेता लेखक

    काठमाडाैं,१८ असार । नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले शेखर कोइराला पक्षले छुट्टै छलफलमा बसेर निकालेको निष्कर्ष ठिक नभएको बताएका छन् । शनिबार रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा उनले कोइराला समुहले भनेजस्देतै उवाको नेतृत्व सफल नभएको भए नेपाली काङ्ग्रेस कसरी पहिलो पार्टी हुन्थ्यो भन्दै प्श्न गरे ।

    images

    सभापति देउवाबाट केही कमीकमजोरी रहेको भएपनी कोइराला समुहले िनकालेको समग्र निष्कर्षमा सहमत हुन नसक्ने उनले बताए । ‘यो सरकारको मुख्य लक्ष्य भनेको संविधान रक्षा गर्ने, लोकतन्त्र, गणतन्त्रलाई संरक्षण गर्ने हो’, लेखकले भने,‘नेकपा एमालेले संसद विघटन गरेर संविधानलाई मास्ने काम गरेकोले त्यसैलाई जोगाउन यो सरकार बनेको र त्यही अनुसारको काम गरिरहेको  छ ।’ सरकार जे उद्देश्यले स्थापना भएको हो त्यो काम शेरबहादुर देउवा नेतृत्वको सरकारले गरिरहेको उनले बताए ।

    पार्टीको केही कामहरू गर्न ढिलाई भएको लेखकले स्उवीकार गरे । विधानअनुसार बनाउनु पर्ने विभाग लगायत ढिलाभएका केही कामहरू पार्टीले  छिटोभन्दा छिटो गर्न लाग्नुपर्ने  उनको भनाइ छ । प्रधानमन्त्रीले काम गर्न नसकेको भन्ने कुरा साचो होइन । पार्टीमा र सरकारमा देउवाले राम्रो काम गर्न नसकेको भन्ने कुरा गलत भएको भन्दै नेता लेखकले सभापतिकाे बचाउ गरे । 


    तेस्रो आँखा
    लेखकबाट थप