• ट्रेण्डिङ्ग :
कालिकोटबाट बिद्रोहको मसाल बोकेर मुक्ति युद्वमा समर्पित  ‘सेवक’ उपचार नपाएर ढले 

कालिकोटबाट बिद्रोहको मसाल बोकेर मुक्ति युद्वमा समर्पित  ‘सेवक’ उपचार नपाएर ढले 


  • 7.3K
    SHARES
    • आषाढ १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    कालिकोटबाट बिद्रोहको मसाल बोकेर मुक्ति युद्वमा समर्पित  ‘सेवक’ उपचार नपाएर ढले 

    काठमाडाैं,१८ असार । जसले कालिकोटबाट बिद्रोहको मसाल बोकेर आफुलाई मुक्ति युद्वमा समर्पित गर्यो । असमान समाजभित्र न्यायको‌ लडाई लड्न घरपरिवारको खुसिसंगै आफ्नो कलिलो उमेरका सपनाहरु बम बारुदभित्र खरानि बनायो र आम नेपालीको सुनौलो बिहानी निर्माणका लागि आफ्नो जीबन तरबारको धारमा  राखेर युद्धको मैदानामा होमीयो ।

    images

    उसले दर्जनौ लडाईहरुमा शरिरका अंगहरु गुमायो, पुर्व–पश्चिमका कयौ माटोहरुमा रगत चुहाउदै हिड्यो तर उसले बचाएका कयौं नेता कमाण्डरहरु शहर छिरे, तर उसलाई जनमुक्ति सेनाबाट माओवादी लडाकुको बिल्ला बोकायर घर फर्काइयो। उसलाई युद्वमा मर्न र मार्न लगाउने नेताहरु राजधानिका महलहरुमा बसाई सरे तर उसले कालिकोटमा रुख उम्रेका बारिहरुमा पसिना बगाउन थाल्यो ।

    हेर्दाहेर्दै उसकै सहयोद्वाहरुको जीवनशैली फेरियो तर युद्वमा तहसनहस बनेको उसको शरिर ओछ्यानबाट उठ्न नसक्ने  भयो । यि सबै कुराहरु सह्यो उसले, घरमा‌ एक छाक कसरि टार्ने चिन्ता गर्ने त्यो कमाण्डरले शरिर दुख्दा सिटामोल किन्ने हैसियतसम्म राख्न सकेन ।

    अन्ततः कयौ लडाइको मैदानमा गोलिले छियाछिया पार्दा पनि ढल्न नसकेको कमाण्डर ‘सेवक’ हिजो बाटोमै स–शरीर शालिक बन्न पुग्यो ।  पूर्वजनमुक्ति सेनाका एक कमाण्डर कालिकोटको तिलागुफा गाउँपालिका स्थायी घर भएका नमराज न्यौपाने  ‘सेवक’ को काठमाडौंको सडक पेटीमै ज्यान गएको छ ।  जनयुद्धको क्रममा घाइते सेवकका शरीरमा गोली र छर्रा थिए । लामो समयसम्म उपचार नपाएर घाउहरु बल्झिएका कारण  उनी  थलापरेका थिए ।

    सरकार र माओवादी पार्टीले उपचारमा कुनै वास्ता नगरेपछि सेवक परिवारको पहलमा काठमाडौं आएका थिए । तर, उपचारमा लाग्ने खर्चको जोहो हुन नसक्दा पेटीमा बसेको बेला ज्यान गएको बताइएको छ । जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र सरकारमै भएको बेला एक घाइते योद्धाले उपचार नपाएर ज्यान गुमाउनु परेको यो नौलो भने होईन ।

    उपचार गर्न भनेर कालिकोटबाट काठमाडौं आएपनि न उपचार हुन सक्यो न त राम्रो बस्ने र खाने व्यवस्था नै । नियमित औषधि सेवन समेत गर्न नपाएपछि सेवकलाई बिरामले चेप्दै गएको थियो । सेवक तत्कालिन जनमुक्ति सेनाको सदस्य हुँदै सेक्सन कमाण्डर समेत भएका थिए । उनले पश्चिम नेपालका धेरै युद्ध लडेको थिए । सोही क्रममा घाइते भएका उनी  अनमिनको प्रमाणिकरणको क्रममा अयोग्य भनेर शिविरबाट बिदाई भएका  थिए ।

     सेवकको मृत्यु सडक पेटीमा भएपछि माओवादी नेताहरुप्रति सामाजिक संजालमा आक्रोस व्यक्त भएका छन् । उनले काठमाडौं आएपछि धेरै नेताहरुलाई फोन गरेर आफ्नो अवस्था नाजुक बन्दै गएको भन्दै उपचार गरिदिन आग्रह समेत गरेको बताइन्छ । युद्वमोर्चामा दर्जनौ सहयोद्वाहरु गुमाउनु भन्दा कमरेड सेवकलाई यसरी वेवारिसे गुमाउनुमा बढि पिडा भएका पूर्व लडाकुहरु बताउँछन् । ‘आज त्यहि पार्टि सत्तामा छ जुन पार्टीले कालिकोटबाट सेवकलाई बन्दुक बोक्न लगाएको थियो ।

    ति कमाण्डरहरु सरकारमा छन् जसको लागि कमरेड सेवकले कयौ पटक रगत पसिनाको मुल्य चुक्ता गरेको थियो,’ एक पूर्व लडाकूले बताए । आफ्नै सहयोद्वाहरु बाटोमा ढलिरहदा वेवास्ता गर्ने नेताहरु प्रति लक्षीत हुँदै उनले ‘ सहयोद्वाहरु बाटोमा ढलिरहदा  कुन मुटु बोकेर हासिरहेका छौ नेता कमाण्डरहरु सेवकहरुले उपचार पाउन के नेताको नातागोता हुनै पथ्र्यो कमरेडहरु रु त्यो बलिदान, त्यो बगेको रगतहरु के आज यहि दिन देख्नको लागि थियोरु’ प्रश्न गरे ।

    आज कमरेड सेवकहरुलाई सडकमा ढलाउने उनको शरिरभित्रका रोगहरु भन्दा कयौ गुणा बढि उनको सपनाहरुको हत्या गरिदिने उनकै नेता कमाण्डरहरु अपराधि भएको आम सर्वसाधरण बताउँछन् ।


    मनाेज भट्टराई
    लेखकबाट थप