• ट्रेण्डिङ्ग :
सरकारले किसानलाई मल ल्याउने आश्वासनमात्रै दियो: केपी ओली

सरकारले किसानलाई मल ल्याउने आश्वासनमात्रै दियो: केपी ओली


  • 6.3K
    SHARES
    • आषाढ १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    सरकारले किसानलाई मल ल्याउने आश्वासनमात्रै दियो: केपी ओली

    काठमाडाैं, १८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले किसानलाई मल ल्याउने आश्वासनमात्रै दिएको बताएका छन्। शनिबार ललितपुरको च्यासलको पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै सरकारले किसानहरूलाई आश्वासन दिएर अलमल्याएको बताए। 

    images

    हरेक वर्ष किसानले मल चाहिएको बेला नपाउने गरेको उनले बताए। ‘हरेक साल किसानलाई मल चाहिएको बेलामा मल आपूर्ति हुँदैन। चाहिएजति आपूर्ति हुने त कुरै हुँदैन। यो किन यस्तो हुन्छ। यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ। अलिक ६ महिना अगाडि देखि प्रयास गरेहुन्थ्यो नी,’ उनले भने। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमै उभिएर किसानलाई मल आपूर्तिको व्यवस्था तत्कालै गर्ने भनेपनि किसानले नपाएको उनले बताए। देउवाले गरेको कुरा राम्रो भएपनि मल ल्याउने प्रबन्ध कहीँ पनि नगरेको उनले बताए।

    ‘अस्ती प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूले संसदमा उभिएर भन्नुभयो, किसानलाई मल आपूर्तिको व्यवस्था तत्काल गरिनेछ, र किसानले मल पाउनेछन्। वाणी मिठो थियो, कुरा राम्रो थियो,’ उनले भने, ‘तर ल्याउने प्रबन्ध कहीँ पनि गर्‍या छैन। केही पनि गर्‍या छैन भने मल कहाँबाट ल्याउँछ। अर्थात अल्मल्याउन काम भएको छ। अल्मल्याउने कामबाट, छकाउने कामबाट, कृषि क्षेत्रको उत्थान हुनसक्दैन।’ 


    तेस्रो आँखा
    लेखकबाट थप